Auspicious Symbols
Nepal Standard Time
UPCOMING EVENTS
Date:
02/11/2014
Venue: डुक Snake year February 11/2013
नेपाल शेर्पा संघ र शेर्पा सेवा केन्द्र सहित मिति २०६९ मसिर २३ गते बसेको वैठकले शेर्पा लगायत हिमालका आदिवासीहरुले मनाउने ग्याल्पो लोसार २०६९ माध २८ गते तदनुसार फेव्रुवरी ११ तारिखमा नै पर्ने निर्णय गरेकोछ । प्रत्येक ६० वर्षमा ग्याल्पो लोसारको तिथी एक महिना अगाडी सर्ने भएकोले यो वर्ष ग्याल्पो लोसारको १ महिना अगाडी सरेको हो । एक महिना अगाडि सरेको कारण सोनाम लोसारको तिथीमा परेता पनि यो ग्याल्पो लोसार नै हो ।
Date:
02/17/2014
Venue: Losar Tashidelek!!!
Snake year February 11/2013
|
Forum
एन आर एन (अमेरिका) सपथ ग्रहण संचार प्रणाली द्वारा मात्रै सिमित |
Posted by: cksherpa
01/13/2011
|
|

अमेरिका ,यहि पौष १७ ,२०६९ (तदनुसार जनवरी १, २०१३ ) का दिन एन आर एन, एन सी सी, (गैर आवाशीय संघ, राष्ट्रिय समन्वयब समिति ) अमेरिकाले एक औपचारिक सपथ ग्रहण समारोह सम्पन्न गरेको छ l २०१३-२०१४ का लागि निर्वाचित हुनु भएका पदाधिकारीहरुलाई अमेरिकाको पूर्वीय समय अनुसार शुभ मुर्हत १२ :०१ (बारह बजेर १ मिनेट ) को साईतमा अमेरिकाका लागि नेपाल सरकारको तर्फ बाट महामहिम राजदूत डा शंकर प्रसाद शर्मा, एन आर एन, अन्तरराष्ट्रिय समन्वय समितिका क्षेत्रीय संयोजक मुकेश सिंह तथा प्रमुख निर्वाचन आयुक्त छेवांग शेर्पालामाको समुपस्थितिमा सपथ ग्रहण समारोह संचार प्रणाली माध्यमबाट पदाधिकारीहरुले सपथ ग्रहण गरे l
एन आर एन को ईतिहासमा सर्वप्रथम आधुनिकीकरण र विज्ञानको बिकाशलाई पूर्ण प्रयोग गरि समयको बचत र अमेरिकामा बिभिन्न राज्यहरुमा भै रहेको बिशाल हिमपात तथा प्रतिकूल मौसम भएको कारण भौतिक रुपमा सबै उपस्थिति हुने सम्भावना क्षीण भएकोले दूर संचार प्रणालीको माध्यम (अर्थात टेली कन्फेरंस कल ) द्वारा नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण समारोहको आयोजना गरिएको जानकारी छापा बिज्ञप्तिमा जनाईएको छ lउक्त समारोहमा गैर आवाशीय संघका अधक्ष्य जीवा लामिछाने ले बिधुतिय संचार माध्यमबाट बधाई दिनु भएको थियो भने प्रमुख निर्वाचन आयुक्त छेवांग शेर्पा लामाले संक्षेपमा शुभकामना तथा बधाई दिनु भएको थियो l सबै नव निर्वाचित पदाधिकारीहरुले एन आर एन आई सी सी का क्षेत्रीय संयोजक मुकेश सिंहले द्वारा सपथ ग्रहण गरेका थिए l सपथ ग्रहण पश्च्यात सिंहले सारगर्भित मन्तब्य राख्नु हुदै निर्वाचित पदाधिकारीहरुलाई बधाई दिनु भयो l
अमेरिकाका लागि महामहिम राजदूत डा शंकर प्रसाद शर्माले मन्तब्य व्यक्त गर्दै गैर आवाशीय सघले नेपालको लागि खेलेको महत्वपूर्ण भूमिकाको सराहना गर्दै यसले नेपाल र अमेरिकाको सम्बन्धमा पनि महत्वपूर्ण योगदान हुने बिश्वस्त रहेको विचार ब्यक्त गर्नु भयो lमहामहिम राजदूतले एन आर एन , अमेरिका सबै भन्दा उत्कृस्ट बन्न सकोस भन्दै नव निर्वाचित पदाधिकारीहरुलाई बधाई दिनु भएको थियो l नव निर्वाचित अधक्ष्य प्रल्हाद केसीले स्वीकृति भाषण गर्नु भएको थियो भने र उपस्थित सबैलाई धन्यबाद ज्ञापन गरि सपथ ग्रहण समारोह समापन गर्नु भएको थियो l
सपथ ग्रहण भौतिक रुपमा उपस्थित भै सपथ लिने प्रचलन छ र हुन्छ तर एन आर एन अमेरिकाले नौलो तरिकाले सपथ ग्रहण गराएको समाचार आएको छ l विश्वमा कुनै पनि नियम , कानुन र बिधि बनाउने हामी मानव जाती नै हौ l सायद भौतिक रुपमा उपस्थिति हुनै पर्ने भन्ने बिधानमा कतै उल्लेख नभएको कारण र समारोहमा भेला हुदा संस्थाको आर्थिक क्षति बेहर्नु पर्ने निश्चित भएको कारण तर त्यो भन्दा प्राथमिकता एन आर एन को सामुहिक जल बिद्युतमा सो रकम लगानी गर्न सकिन्छ कि भन्ने आशाको साथ संचार प्रणाली एउटा शसक्त औजार भएकोले यस्तो शैलीमा सपथ ग्रहण गर्नु परेको जानकारी अधक्ष्य प्रल्हाद केसीले दिए l
सपथ ग्रहण गर्नु हुने पदाधिकारीहरुमा अधक्ष्य प्रहलाद केसी , वरिस्ठ उपाधक्ष्य शिव कुमार राई , उपाधक्ष्य राजेन्द्र खतिवडा, उपाधक्ष्य बृहस्पति लामा, महासचिब उपमा कंडेल, लामा सह सचिब जय मण्डल कोषाधक्ष्य राजेन्द्र सिवाकोटी, लेखा परीक्षक(सी पी ए ) जनसम्पर्क अधिकारी नारायण गुरुङ तथा संचार संयोजक बनिता कातिला हुनु हुन्थ्यो l
|
| Views: 2515, Replies: 0
Post reply
|
|
|
|