Forum

शेर्पा विश्व कीर्तिमानको तयारीम

Posted by: cksherpa
04/02/2010
 
शेर्पा विश्व कीर्तिमानको तयारीमा काठमाडौ,


चैत्र १४ - मौसमले साथ दियो भने एक महिनापछि एउटा विश्व कीर्तिमान गैरआवासीय नेपाली (एनआरएन) का नाममा हुनेछ । व्यवसायी आङछिरिङ शेर्पा सबैभन्दा कम आरोहण समयमा सातै महादेशका सर्वोच्च शिखर चढ्ने कीर्तिमान बनाउने तयारीमा छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को झन्डा बोकेर सगरमाथा प्रस्थान गर्ने तयारी गरिरहेका उनी सफल भए सातै महादेशको सर्वोच्च शिखर सबैभन्दा कम आरोहण दिनमा पूरा गर्ने विश्व कीर्तिमान उनको नाममा हुनेछ । २२ वर्षअघि अमेरिका पुगेका यी ३८ वर्षेले ६ महादेशका सर्वोच्च शिखर चुमिसकेका छन् । सर्वोच्च शिखर आरोहणपछि सातै महादेशका सर्वाेच्च शिखर आरोहण पूरा हुनेछ । उनका अनुसार गिनिज बुकमा रहेका भारतीय मालेबाबुले १ सय ७२ दिनमा सात शिखरको आरोहण गरेका थिए । शेर्पाले ६ महादेशको सर्वोच्च शिखर आरोहण गर्न जम्माजम्मी २६ दिन मात्र लगाएका छन् । 'मौसमले साथ दियो भने पचासभन्दा कम दिनमा सातै शिखरको आरोहण पूरा हुन्छ,' शुक्रबार उनले भने । शिखर आरोहणको आवेदन गरेका शेर्पा मे २ तारेखमा त्यसतर्फ जाने योजनामा छन् । आरोहणका लागि निकै कठिन मानिने उत्तर अमेरिकाको डेनाली तथा अन्टार्कटिकाको भिन्सन मेसिफ चढिसकेकाले सफल हुने कुरामा उनी  विश्वस्त छन् । 'ती शिखर प्राविधक रूपले सगरमाथाभन्दा निकै कठिन हुन्,' शुक्रबार उनले कान्तिपुरसँग भने । विश्वमै कठिनमा गनिएका पर्वत आरोहण गरिसकेकाले उनी विश्व कीर्तिमानको नजिक पुगिसकेको नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले दाबी गरे । 'तैपनि समगरमाथा आरोहणमा मौसम निणर्ायक हुने तथ्यलाई बिर्सन हुन्न,' उनले भने । सोलुखुम्बुको ताप्तिङ सोलनासा-६ मा जन्मिएका शेर्पा २२ वर्षअघि अमेरिका पुगेका थिए । सियाटलका बासिन्दा उनी ट्रेकिङ एजेन्सी चलाउँछन् । गाउँमै छँदा बाल्यकालमै सुरु गरेको हिमाल चढ्ने अभ्यास अमेरिकामा पनि निरन्तरता दिएको उनले बताए । विभिन्न संस्थामार्फत अरूलाई सघाउ पुर्‍याइरहेका शेर्पाको शिखर आरोहणको अभियान हिमालयन महिला तथा बालबालिका फाउन्डेसनको सहयोगमा समर्पित छ । 'फाउन्डेसनका लागि आर्थिक सहयोग जुटाउन विश्व कीर्तिमान राख्ने अभियान सुरु गरेको हुँ,' उनले भने । एनआरएनएको क्षेत्रीय सम्मेलन टेक्सासमा एनआरएनएको अमेरिका क्षेत्रीय सम्मेलन २९ देखि ३० मे मा टेक्सासको ह्युस्टनमा हुने भएको छ । नेपालको द्रुत विकासका लागि सीप र लगानीको रूपान्तरणको नाराको साथ सम्मेलन हुन लागेको संघले पत्रकार सम्मेलन गरी जनाएको छ । क्षेत्रीय मुद्दालाई प्राथमिकता दिइने भए पनि सम्मेलनमा विश्वभरिका गैरआवासीय नेपाली प्रतिनिधि सहभागी हुने जनाइएको छ । 'कम्तीका ३० मुलुकका तीन सय गैरआवासीय प्रतिनिधिले भाग लिने अपेक्षा गरिएको छ,' संघ सचिवालयका कार्यकारी निर्देशक हेमन्त दवाडीले भने ।  संघले यसअघि कतारको दोहा, जर्मनीको बोन र थाइल्यान्डको बैंककमा क्षेत्रीय सम्मेलन गरिसकेको छ ।


Views: 2386, Replies: 0      Post reply

 
web counter